नेप्से २१ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर १३,सोमबार १६:१९

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक २१ अंकले घटेको छ । आज नेप्से २१ दशमलव ५१ अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यसअघि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ९२ अंकले घटेको छ ।

यस्तै आइतबारको तुलनामा सोमबार कारोबार सुस्त दखिएको छ । सोमबार नेप्सेमा सूचीकृत २२८ कम्पनीको ७८ लाख २५ हजार ४ सय ७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । यसअघि आइतबार ६ अर्बको शेयर किनबेच भएको थियो । आज न्यादी हाईड्रोपावर र समलिङ पावरको सकारत्मक सर्किट लागेको छ । त्यस्तै, सानिमा लार्ज क्याप फण्डको ४.२६ प्रतिशत अकं, कालिका पावरको ३.६७ प्रतिशत अकं, स्वाभिमान लघुवित्तको ३.५९ प्रतिशत अकं र समुदायिक लघुवित्तको ३.४६ प्रतिशत अकंले वृद्धि भएको हो ।

आज आइसीएफसी फाइनान्सको नकारात्मक सर्किट लागेको छ । त्यस्तै, सर्वाधिक गुमाउने कम्पनीहरुमा चन्द्रागिरि हिल्सको ५.२० प्रतिशत अकं, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत अकं, मानुषी लघुवित्तको ४.६८ प्रतिशत अकं र उन्नति सहकार्य लघुवित्तको ३.९६ प्रतिशत अकंले घटेको हो ।