एमाले महाधिवेशन: मत परिणाम ४ घण्टाभित्र सार्वजनिक हुने

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १२:४६

चितवन । एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । मतगणना १ बजेबाट सुरु हुने जनाइएको छ ।

दुई हजार १ सय ५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको थियो । अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच निर्वाचन भएको थियो भने अन्य केही पदाधिकारीहरुमा पनि निर्वाचन भएको थियो । मतदानमा विद्युतीय उपकरण पहिलो पटक प्रयोग भएको हो ।