एमाले महाधिवेशन: भीम रावलले पाए २२३ मत

तु खबर संवाददाता
२०७८ मंसिर १४,मंगलवार १६:१५
file-photo

चितवन । नेकपा एमालेका अध्यक्ष पदको निर्वाचनमा डा. भीम रावलले २२३ मत पाएका छन् । अर्का उम्मेदवार केपी शर्मा ओलीले १ हजार ८ सय ८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा रावलले भने २२३ मत प्राप्त गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो ।

एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।