समाचार

विद्रोहीलाई शहिद केशवस्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने

मकवानपुर । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले शहिद केशवराज न्यौपानेको स्मृतिमा स्थापना गरेको शहिद केशव स्मृति पत्रकारिता पुरस्कार २०७८ अग्रज पत्रकार युवराज विद्रोहीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रालिका अध्यक्ष नवराज न्यौपानेले लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध भई सत्यतथ्य समाचार सम्प्रेषणमा अहोरात्र योगदान गरेको भन्दै सो पुरस्कार...

अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका हुन् । उनले कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक...

थप २११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २११ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना स.क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ८ हजार १८ जनाको पीसीआर परीक्षण...

माओवादी केन्द्रको प्रदेश पदाधिकारी संख्या ९ पुग्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो । अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । यस्तै, बैठकले प्रदेश समितिको...

आज नेप्से सामान्य अंकले गिरावट, २ अर्बको कारोबार

काठमाडौं । आज साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ८४ अंक अर्थात शुन्य दशमलव २४ प्रतिशतले घटेर २ हजार ४४९ दशमलव ९७ विन्दुमा झरेको छ । आज नेप्से परिसूचक सामान्य अंकले घट्दा कारोबार रकम पनि घटेको छ ।...

कांग्रेस महाधिवेशन : बागमती प्रदेशबाट देउवा समूहका ३८ जनाले उम्मेदवारी दिने

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषण गरेका छन् । पार्टीको महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि बागमती प्रदेशबाट ३८ जनाको उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षबाट महामन्त्रीमा डा. प्रकाशशरण महत,...

लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’...

प्रदेश प्रमुख शर्माद्वारा अधिकारीको ‘मकवानपुरमा मिडिया’ विमोचन

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पत्रकार गिरिजा अधिकारीद्वारा लिखित ‘मकवानपुरमा मिडिया’ नामक पुस्तक विमोचन गरेका छन् । विहिबार हेटौंडामा प्रदेश प्रमुख शर्माले गीतकार तथा साहित्यकारसमेत रहेका अधिकारीको पुस्तक विमोचन गरेका हुन् । प्रदेश प्रमुखले अधिकारीको लेखनयात्राको निरन्तरताको कामना गर्दै भने, ‘गिरिजाजी पत्रकारितासँगै लेखनको बाटो भएर सत्यको...

माओवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी सुरु भएको हो । सो बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै दुई दिनपछि ९मंसिर २५० मा हुने प्रदेश सम्मेलनका बारेमा समेत...

तीनै तहका निर्वाचन एकै पटक सम्भव कि असम्भव !

काठमाडौं । निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेकाले त्यसलाई घटाउन तीन तहकै निर्वाचन एकै चरणमा गर्नुपर्छ भन्ने कोणबाट केही राजनीतिक...