अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने

रासस
२०७८ मंसिर २३, बिहीबार १७:१६
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका हुन् । उनले कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हुने बताए ।

‘कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र होइन, पार्टीको लाइनको, कार्यदिशाको प्रस्तावक पनि हो’ उनले भने, ‘महामन्त्रीको कुर्सी कुनै बेला गणेशमान सिंह, सूर्यप्रसाद श्रेष्ठ, गिरिजाप्रसाद कोइराला बसेको कुर्सी हो ।’ उनले समुन्नत नेपाल कुनै गन्तव्य नभएको भन्दै यो निरन्तरको यात्रा हुने पनि बताए । कांग्रेसले समुन्नत नेपाल र सम्मानित नेपाली कार्यदिशामा अघि बढेपछि पार्टी आफैं बलियो बन्ने र नागरिकहरु पार्टीमा जोडिँदै आउने बताए ।