समाचार

दुई भारतीय प्रहरी पक्राउ

धनगढी। कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् । खक्रौला नाकाबाट भारतीय एचआर ३१ पी ८७७९ नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमार...

ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु

कास्की । पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको छ । पोखरा विजयपुरस्थित सडकखण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्षीय चालक भीमबहादुर तामाङ र...

हृदयेश त्रिपाठी नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले यही मङ्सिर २८ गते एक कार्यक्रमबीच जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने भएका हुन् । अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा ४ प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतयु...

कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । महाधिवेशनको आज पहिलो दिन भृकुटीमण्डलमा दिउँसो १ बजे उद्घाटन हुनेछ । उद्घाटको लागि सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार, उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च...

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु २ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा लमजुङको पार्चे बस्ने ४२...

मकवानपुरको स्वास्थ्य क्षेत्रमा संचालन हुने कार्यक्रम विषयक अन्तरक्रिया

मकवानपुर । स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा स्वास्थ्य क्षेत्रमा सञ्चालन हुने कार्यक्रमहरुका विषयमा अन्तरक्रिया भएको छ । बिहीबार जिल्लाका स्थानीयतहका प्रमुख/उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुसंग स्वास्थ्य क्षेत्रमा आइपर्ने जटिलता तथा स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने कार्यक्रमहरुका विषयमा अन्तरक्रिया भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा...

ओमिक्रोनबाट बच्नका लागि हेटौंडाको गौरीटार आइसोलेशन तयारी अवस्थामा

मकवानपुर । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएपछि यसबाट बच्नका लागि हेटौंडा उपमहानगरपालिकाले तयारी थालेको छ । नयाँ प्रकारको भेरियन्ट भएकाले सचेतना जगाउने, कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने र अग्रिम तयारीमा रहने गरी काम सुरु गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । कोरोनाविरुद्ध...

हेटौंडामा युवा संघको सन्देशसभा हुँदै

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटीले हेटौंडामा आज सन्देश सभा गर्दैछ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्देश दिने उद्देश्यले सभाको आयोजना गर्न लागिएको युवा संघका हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष राजेश नगरकोटीले बताए । एमालेको महाधिवेशनले पारित गरेको घोषणापत्रको विषयमा आम युवा...

चेपाङ समुदायकै पहिलो मन्त्री बन्दै सन्तबहादुर

मकवानपुर । बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बन्ने भएका छन् । उनलाई उनको संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि उनलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद् बनाएका थियो। चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोबिन्दराम चेपाङ संविधानसभा सदस्य थिए । चेपाङ समुदायबाट सन्त नै...