समाचार

अजयबाबु शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ उमेदवारी दर्ता गराएका छन् ।आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका...

कांग्रेसको सहमहामन्त्रीमा डीनाको उम्मेदवारी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी छिन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी हुन् । ‘कांग्रेसलाई समावेशीताको आँगन बनाउँदै सवै जाति, भाषा, धर्म र वर्ग अटाउँदै...

प्रकाशमान सिंहले गरे सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन्...

कांग्रेस सभापतिमा शेखर कोइरालाले उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो । सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज...

देउवा भेट्न बालुवाटार पुगे शंशाक

काठमाडौँ । काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् । आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् । कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा...

रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने भएका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति नहुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।...

कांग्रेस सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५÷२५ हजार,...

बागमती प्रदेशसभा बैठक पुस ७ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिवालयका सचिव खड्का अनुसार, प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक बस्न लागेको हो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत...

कांग्रेस महाधिवेशन : आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत आज (शनिबार) मनोनयन दर्ता गराउने कार्यतालिका रहेको छ । पार्टीको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आज मनोनय दर्ता गराउने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समयतालिका तय...

कांग्रेस महाधिवेशन : मकवानपुरबाट ५२ प्रतिनिधि

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरबाट ५२ जना प्रतिनिधिले भाग लिएका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार मकवानपुरबाट ५२ जना प्रतिनिधि चयन भएका हुन् । जिल्लाका दुई प्रतिनिधि क्षेत्रबाट २५÷२५ जना गरी ५० जना महाधिवेशन प्रतिनिधि, २ जना क्षेत्रीय सभापति चयन भएका...