समाचार

विद्यार्थीको हस्तलेखन सुधार गर्न शिक्षकलाई तालिम

मकवानपुर । मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीको हस्ताक्षर सुधार गर्न शिक्षकलाई तालिम दिइएको छ । पछिल्लो समयमा बालबालिकाको हस्ताक्षर कमजोर बन्दै गएका कारण सुधार गर्न जरुरी देखिएको विद्यालयले जनाएको छ । विद्यालयसँग सहकार्य गरिरहेको गैरसरकारी संस्था विकासका लागि सहयोग र सहकार्य नेपालले तालिम प्रदान गरेको हो । मनहरी–४...

मनहरीमा समाजवादी पार्टीको युवा संघ गठन, अध्यक्षमा पुरी

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट युवाहरुको संगठन युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटी गठन गरिएको छ । पार्टीको शनिबार मनहरी–९ ज्यामिरेस्थ्ति मोतीदेवी पार्कमा भएको प्रथम सम्मेलनबाट कृष्णचन्द्र पुरीको नेतृत्वमा ८३ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा नवराज थिङ, आशिष बुढाथोकी, मनोज खत्री, सचिवमा उमेश अधिकारी, कोषाध्यक्षमा...

कांग्रेस महाधिवेशन : सभापति र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सभातिमा उम्मेदवारी दिनेहरुमा क्रमशः...

फोनिज मकवानपुरको अध्यक्षमा श्रेष्ठ

मकवानपुर । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा अशोकसुजन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । फोनिज मकवानपुरको शनिबार भएको पाँचौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वयमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता राना चयन भएका...

हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ६ ग्राम ४८० मिलिग्राम लागूऔषध खैरोहिरोइनसहित छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्का र राप्ती नगरपालिका वडा...

निर्माण सामाग्री व्यवसायी संघमा बजगाँइको नेतृत्व

मकवानपुर । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालकृष्ण बजगाँइ निविरोध निर्वाचित भएका छन् । शनिवार हेटौंडामा सम्पन्न ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट बजगाँईको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । संघको उपाध्यक्ष्मा नारायण बर्तौला, सचिवमा सुदिप तिम्लसिना, कोषाध्यक्षमा रोशन सापकोटा, सह–सचिवमा मन्नु बानीया,...

मकवानपुर प्रहरीद्वारा ४५ किलो गाँजा बरामद

मकवानपु । मकवानपुर प्रहरीले लागूऔषध गाँजा ४५ किलो बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित कठारी भित्री सडकखण्डबाट उक्त परिणामको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।...

प्रदेश सरकार आएपछि विकासले फड्को मारेको छ : डोरमणि पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलेल प्रदेश सरकार गठन भएपछि विकासले फड्को मारेको बताएका छन् । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालोपानी गुम्बा जाने बाटोको स्ल्याब ढलानको शिलान्यास गर्दै नेतृत्व सबल भए विकासको काम धेरै हुन सक्ने भन्दै पद जाँदा केहि प्रभाव पर्न सक्ने भएतापनि विकासका...

दुबईमा अलपत्र परेका मकवानपुरका जिम्बालाई प्रवासी युवाले गरे उद्दार

मकवानपुर । वैदेशिक रोजगारका क्रममा दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलाका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् । जापान, दुबई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक सहयोग जुटाएर जिम्बालाई बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि...

केन्द्रीय सदस्यमा शशांक कोइरालाको उम्मेद्वारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् । डा. शेखर कोइरालाको प्यानललाई समर्थन गर्दै शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । १२ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित शशांक सभापतिकै दावेदार थिए । तर, उनले शेखरलाई समर्थन गरेका छन् । शशांक भन्दा अगाडि...