फोनिज मकवानपुरको अध्यक्षमा श्रेष्ठ

तु खबर संवाददाता
२०७८ मंसिर २५, शनिबार १८:४५

मकवानपुर । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा अशोकसुजन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । फोनिज मकवानपुरको शनिबार भएको पाँचौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वयमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

यस्तै, समितिको उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता राना चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः जमुना थिङ, मञ्जरी बलामी, आशिष राना प्रज्ञा, भुपेन्द्र राना मगर, भुवन घलान र सम्झना मगर (थापा) रहेका छन् । कार्यसमितिमा २ सदस्य तामाङ पत्रकार समूह र नेवाः पत्रकार राष्ट्रिय दबूको सिफारिसमा मनोनित गरिने भएको छ ।

त्यस्तै, अधिवेशनबाट प्रदेश प्रतिनिधिमा मीना श्रेष्ठ, दुदुमाया सिन्तान, आदर्श थोकर, जनक तामाङ र उमेश राई चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा सुरेश श्रेष्ठ, कृष्ण सारु मगर, सूवर्णलाल श्रेष्ठ र रञ्जीता डंगोल चयन भएका छन् ।

अधिवेशन फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा अग्रज पत्रकार सुवर्णलाल श्रेष्ठलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यसैगरी, फोनिजका संस्थापक अध्यक्ष देव लामा, पूर्वअध्यक्ष कुमार नेगी र पूर्णिमा लामालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, फोनिज बागमती प्रदेशका महासचिव सुरजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष योगेश्वर श्रेष्ठ, वनकरिया समुदायकी अगुवा सन्तमाया वनकरिया र विष्णुमाया वनकरिया, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष एवं प्रेस यूनियन मकवानपुरका सचिव केशव सर्मपण, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।