मकवानपुर प्रहरीद्वारा ४५ किलो गाँजा बरामद
मकवानपु । मकवानपुर प्रहरीले लागूऔषध गाँजा ४५ किलो बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ स्थित कठारी भित्री सडकखण्डबाट उक्त परिणामको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीलाई देखेर बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा फाली भागेकोमा उक्त दुई वटा बोरा खोलि चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद गरेको हो । उक्त गाँजालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार ब्यक्तिहरुको खोजतलाश कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
