रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने

तु खबर संवाददाता
२०७८ मंसिर २५, शनिबार १३:१७
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने भएका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति नहुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछी पौडेल पछि हटेका हुन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । संस्थापन पक्षबाट भने सभापति पदमा शेरबहादुर देउवाले उम्मेदवारी दिने भएका छन् ।