हृदयेश त्रिपाठी नयाँ पार्टी घोषणा गर्दै
काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले यही मङ्सिर २८ गते एक कार्यक्रमबीच जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने भएका हुन् । अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले जानकारी दिए ।
आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने उनको भनाई छ । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एक जनाले प्रदेशसभामा चुनाव जितेका छन् ।
