समाचार

इ–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन...

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्नदैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । सो बैठकले आगामी पुस ११–१३ मा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।...

कांग्रेस केन्द्रीय सदस्यमा घिमिरेको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औँ महाधिवेशनमा खस आर्य समुदायबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । १२ औैँ महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका घिमिरेलाई १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पनि...

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएको छ । बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा...

प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन पुस ३ गते हुने

मकवानपुर । प्रेस चौतारी मकवानपुर शाखाको जिल्ला अधिवेशन पुस ३ गते हुने भएको छ । प्रेस चौतारी मकवानपुरको बिहिबार भएको जिल्ला कमिटिको बैठकले उक्त निर्णय गरेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालले जानकारी दिए । बैठकले अधिवेशनको तयारीको लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ । सम्मेलनलाई भब्य...

निर्माण दिवसमा हेटौंडाको वृद्धाश्रमलाई खाद्यान्न सहयोग

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित श्रीमद् भागवत संचार संघ वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संघले आफ्नो १४ औं निर्माण दिवसको अवसरमा बुधबार एक कार्यक्रमबीच उक्त वृद्धाश्रमलाई चामल, दाल, विस्कुटलगायत खाद्यान्न सामग्री सहयोग गरेको हो । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलले...

आज यस्तो रहनेछ मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। बिहीबार प्रदेश नं १ को भू–भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको...

भ्रष्टाचार विरुद्धको दिवसमा प्रतिबद्धता हस्ताक्षर अभियान

मकवानपुर । अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा नागरिक समाज मञ्च मकवानपुरले डेक नेपालको सहयोगमा प्रतिबद्धता हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार हेटौंडास्थित सेवाग्राहीको चाप र आर्थिक कारोबार बढी हुने सरकारी कार्यालयहरुमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान गरिने मञ्चकी संयोजक रमिला सापकोटाले बताईन् । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय...

थप २८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा...

कांग्रेस महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको छ । संगठनात्मक प्रतिवेदन लेखनको जिम्मा महामन्त्री पूर्णबहादुर खड्कासहित सह–महामन्त्री प्रकाशशरण महत र नेता रमेश लेखकले पाएका थिए । तीनै जना नेताहरु बागबजारस्थित एक होटलमा बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन लागि परेका हुन्...