प्रेस चौतारी मकवानपुरको जिल्ला अधिवेशन पुस ३ गते हुने

तु खबर संवाददाता
२०७८ मंसिर २३, बिहीबार ०८:५९
file-photo

मकवानपुर । प्रेस चौतारी मकवानपुर शाखाको जिल्ला अधिवेशन पुस ३ गते हुने भएको छ । प्रेस चौतारी मकवानपुरको बिहिबार भएको जिल्ला कमिटिको बैठकले उक्त निर्णय गरेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहालले जानकारी दिए ।

बैठकले अधिवेशनको तयारीको लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ । सम्मेलनलाई भब्य बनाउनको लागि तयारी सुरु गरिएको प्रेस चौतारी मकवानपुरका सह–संयोजक पुष्पराज अधिकारीले बताए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने बताईएको छ । बैठकमा प्रेस चौतारी नेपालका बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल, बागमती प्रदेश सदस्यहरु हरिप्रसाद हुमागाई, देवराज पन्त, दिपेन्द्र रोक्का, पुर्व केन्द्रीय सदस्य सरिता दाहाललगायतको आतिथ्यता रहेको थियो ।