माओवादी स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्नदैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
सो बैठकले आगामी पुस ११–१३ मा तय भएको सम्मेलनबारे निर्णय लिनेछ । यही मंसिर २५ र २६ मा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ ।
