माओवादीको स्थायी कमिटी बैठक सुरु

तु खबर संवाददाता
२०७८ मंसिर २३, बिहीबार १३:३१
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी सुरु भएको हो । सो बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै दुई दिनपछि ९मंसिर २५० मा हुने प्रदेश सम्मेलनका बारेमा समेत छलफल गर्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

माओवादीले यसअघि वडा र पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ । यस्तै, आजको बैठकमा विधानमा रहेको अस्पष्टताका बारेमा समेत छलफल गरेर निर्णय गर्ने तयारी गरेको माओवादी नेताहरुले बताए । माओवादीले यसअघि प्रदेशमा पाँच सदस्यीय पदाधिकारी, प्रदेश कार्यालय, प्रदेश सचिवालय, प्रदेशका विभाग, जवसका इन्चार्ज र जिल्ला समन्वय समिति लगायत रहने बताएको थियो । जसमा केन्द्रीय सदस्यको भुमिका प्रदेशमा के हुने भन्ने प्रस्ट नरहेको बताइएको छ ।