लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
पोखरा । लमजुङमा शिक्षक, विद्यार्थी चढेको जिप पल्टिएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे भन्ने ठाउँमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको अन्य ९ जना घाइते भएका छन् । सो जिपमा १९ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका–८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै गर्दा जिप पल्टिएको र उनीहरू पिकनिक खानका लागि हिँडेको जानकारीमा आएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको छ ।
