विद्रोहीलाई शहिद केशवस्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने
मकवानपुर । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले शहिद केशवराज न्यौपानेको स्मृतिमा स्थापना गरेको शहिद केशव स्मृति पत्रकारिता पुरस्कार २०७८ अग्रज पत्रकार युवराज विद्रोहीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रालिका अध्यक्ष नवराज न्यौपानेले लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध भई सत्यतथ्य समाचार सम्प्रेषणमा अहोरात्र योगदान गरेको भन्दै सो पुरस्कार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व सभापतिसमेत रहेका विद्रोहीलाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
प्रालिले हेटौंडामा आयोजना गरेको गिरिजा अधिकारीद्वारा लिखित मकवानपुरमा मिडिया नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष न्यौपानेले आफ्नो भाइको स्मृतिमा यसैबर्षबाट नगद १० हजार राशीसहितको उक्त पुरस्कार स्थापना गरिएको समेत बताए । प्रालिले आयोजना गर्ने यस्तै कार्यक्रममा सो पुरस्कार प्रदान गरिने उनले बताए । बिद्रोही न्यूनतम् पारिश्रमिक निर्धारण समितिका सदस्य हुन् । जीवनको लामो समय पत्रकारिता क्षेत्रमा बिताएका उनी हाल मेट्रो एफएममा कार्यरत छन् ।
