कांग्रेस महाधिवेशन : बागमती प्रदेशबाट देउवा समूहका ३८ जनाले उम्मेदवारी दिने
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषण गरेका छन् । पार्टीको महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि बागमती प्रदेशबाट ३८ जनाको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
देउवा पक्षबाट महामन्त्रीमा डा. प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट डीना उपाध्याय, जनजाति तर्फको सहमहामन्त्रीमा बहादुरसिंह लामा र जनजातीमै मोहन बहादुर बस्नेतले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । त्यसबाहेक केन्द्रीय सदस्य पदका लागि ३४ जनाले उम्मेदवारी दिने प्रचार गरेका छन् । जसमा श्याम घिमिरे, अम्विका बस्नेत, किरण गिरी र विक्रम थापा लगायत रहेका छन् ।
