समाचार

कांग्रेसका पदाधिकारी र सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिने

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । सचिव केशव रिजालका अनुसार, शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र...

दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । गएराति जिल्लाको गुल्मीदरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...

बागमती लोकसेवाले माग्यो यी पदमा कर्मचारी

काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।आयोगले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो । यस्तै, खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि...

मकवानपुरमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरमा आज (शुक्रबार) बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सकौरामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त स्थानमा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक देवेन्द्र...

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकि सजाय भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् । जिल्लाको घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट प्रहरीकै मोटरसाइकल चढेर फरार भएका हुन् । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला...

शिक्षा क्षेत्रका समस्या समाधानमा कांग्रेसले काम गर्छ : बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा कांग्रेसले काम गर्ने बताएका छन् ।धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ छाप्थोकस्थित सुन्दरी माविको ६० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताउँदै यसमा देखिएका समस्या समाधान गर्ने बताए...

कांग्रेस केन्द्रीय सदस्य (जनजातितर्फ खुल्ला) मा १५ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १५ जना केन्द्रीय सदस्यमा १४ जना देउवा पक्षका निर्वाचित भएका हुन् । देउवा समूहबाट चिनकाजी श्रेष्ठ २३०८, उमेश श्रेष्ठ २१४४ , बहादुरसिंह लामा २११४, दिलमान पाख्रिन १९७६, टेकबहादुर गुरुङ १९०६ , आङ्गेलु...

आज यी स्थानमा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सुकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया...

बेलायतमा एकैदिन एक लाखभन्दा बढी संक्रमित थपिए

काठमाडौं । बेलायतमा बिहिबार एकैदिन झण्डै एक लाख २० हजार संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख...

आज सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज (शुक्रबार) सार्वजनिक विदा हुने भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बिहीबार एक सुचना जारी गर्दै शुक्रबार क्रिसमस पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । जारी सूचनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै उक्त पर्व उच्च स्वास्थ्य सुरक्षा...