शिक्षा क्षेत्रका समस्या समाधानमा कांग्रेसले काम गर्छ : बानियाँ

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार ०८:५०

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्रमा रहेका समस्या समाधानमा कांग्रेसले काम गर्ने बताएका छन् ।धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ छाप्थोकस्थित सुन्दरी माविको ६० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै बानियाँले विगतदेखि नै कांग्रेस शिक्षा क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताउँदै यसमा देखिएका समस्या समाधान गर्ने बताए ।

उनले अब हरेक सामुदायिक विद्यालयले दक्ष एवं प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनको सुन्दरी माविको शैक्षिक एवं भौतिक सुधारका लागि पहल गर्ने बताए । २०१३ सालमा स्थापित विद्यालयको ६० औं वार्षिकोत्सव कार्यक्रममा विभिन्न महानुभावलाई सम्मान गरेको प्रधानाध्यापक खड्कप्रसाद बुर्लाकोटीले जानकारी दिए ।

पूर्व गृहमन्त्री समेत रहेका बागमती प्रदेश संसदीय दलका नेता बानियाँले त्रिपुरासुन्दरी–६ आगिञ्चोकस्थित अस्थायी प्रहरी चौकीको समेत उद्घाटन गरेका छन् ।