समाचार
माओवादीको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रवासबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएको छ । यही पुस ११ गतेदेखि काठमाडौंमा तय भएको सम्मेलनमा प्रवासबाट ३५ जना प्रतिनिधि सहभागी हुने भएको हो । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिको आयोजनामा नेपाली जन प्रगतिशील मञ्चको प्रथम अन्तरराष्ट्रिय भेलाबाट ३५ प्रतिनिधिको...
स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौंडाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । गएराती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
नालीमा लडेर श्रेष्ठको मृत्यु
काठमाडौं । नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडिको नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो । लडेर घाइते भएका उनलाई उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएको महानगरीय प्रहरी...
एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित
हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ । अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो पार्टीले उठाएका प्रश्नहरूको जवाफ नदिएको भन्दै एमालेले अवरोध गरेको थियो । प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बैठक सुरु गर्दै गर्दा एमालेले...
हेटौंडामा ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु
मकवानपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा हेटौंडामा सात दिने आधारभूत पत्रकारिता प्रशिक्षण तालिम बिहिबारबाट सुरु भएको छ । युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा मकवानपुरका ४० जना पत्रकारलाई आधारभूत पत्रकारिता प्रशिक्षण दिइने भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा केन्द्रीय समितिका...
क्लासिक टेकले माग्यो ६६४ कर्मचारी
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ६६४ जना कर्मचारी माग गरेको छ । कम्पनीले ब्राञ्च म्यानेजरसहितका पोष्टमा कर्मचारी माग गरेको छ । कम्पनीले देशभरका शाखा तथा काठमाडौं उपत्यका लक्षित कर्मचारी माग गरेको हो । ब्राञ्च म्यानेजरमा २८ जना, फ्रन्ट डेस्कमा ८० जना, डोर टू डोर सेल्सतर्फ २५० जना...
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यही पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी गराएका हुन् । आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भइसक्ने र त्यसपछि बैठक...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
संखुवासभा । आफ्नै श्रीमती २९ वर्षीया बिष्णु माया राईको हत्या गरेको अभियोगमा प्रहरीले पाचखपन नगरपालिका–३ का दिपन राईलाई पक्राउ गरेको छ । बिष्णु माया राई पुष ५ गते राति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनको कर्तब्यबाट हत्या भएको...
हेटौंडामा जनचेतना मुलक सडक नाटकको आयोजना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कस्थित मानव बेचबिखन ओसारपसार तथा लैंङ्गिक हिंसाविरुद्ध जनचेतना मुलक सडक नाटक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक प्रहरी उप–सेवा केन्द्र बसपार्क र माईती नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको हो । प्रहरी निरीक्षक चुडा कुमारी खड्कासहितको...
देशभर चिसो बढ्दो, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै...










