बागमती लोकसेवाले माग्यो यी पदमा कर्मचारी
काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।आयोगले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो ।
यस्तै, खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ । ती पदहरुका लागि दरखास्त दिने अन्तिम मिति यही पुस २९ गतेसम्म मात्रै तोकिएको छ ।

