मकवानपुरमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरमा आज (शुक्रबार) बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ सकौरामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त स्थानमा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, शव देखीपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत भने हुन सकेको छैन । हाल घटनास्थललाई सुरक्षित राखिएको र घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको मुचुल्का टोली जाँदै गरेको जनाइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्हरीले जनाएको छ ।
