दुर्घटनामा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार १०:१२

काठमाडौं । गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ । गएराति जिल्लाको गुल्मीदरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बिरबास बाख्रे बस्ने ३० वर्षीय पदम ढेंगा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा राति नै मृत्यु भएको हो । सोही दुर्घटनामा परे अर्कँ एक जना घाइते भएका छन् । दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार सोही स्थानका ३१ बर्षीय धनबहादु ढेंगा घाइते भएका हुन् । उनको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।