गुल्मीको तम्घासमा अटो वर्कशपमा भीषण आगलागी
काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको एउटा अटो वर्कशपमा भीषण आगलागी भएको छ। बिक्रम सुनारले सञ्चालन गर्दै आएको सुजता अटो वर्कशपमा एक्कासी आगो सल्किएपछि आगलागी फैलिएको हो।
आगलागी भएपछि स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ। आगो निभाउने काम भइरहेको कारण हालसम्म आगलागीको ठोस कारण र भएको क्षतिको विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि मात्र क्षतिको यकिन विवरण र आगलागीको कारणबारे थप जानकारी आउने प्रहरीले जनाएको छ।
