समाचार
राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू
काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) देखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको...
१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय
काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आगामी माघ १५ गतेसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले सो निर्णय लिएको हो । विद्यालयहरुलाई माघ १५ गतेसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय...
राष्ट्रियसभा निर्वाचन : बागमतीका उम्मेदवारलाई चुनाव चिन्ह
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जनालाई चुनाव चिन्ह प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरुलाई...
एकीकृत प्रगतिशील इन्जिनियर समूहको परिचयात्मक कार्यक्रम हेटौंडामा
मकवानपुर । नेपाल इन्जिनियर्स एशोसिएसनको आगामी माघ ७ गते हुने निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम आज हेटौंडामा भएको छ । एशोसिएसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति र बागमती प्रदेशको दोस्रो कार्यकारिणी समितिको निर्वाचनका उम्मेदवारहरुले आफ्नो परिचयसंगै चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी...
अखिल नेपाल औद्योगिक मजदुर संघमा पुनः ज्ञानेन्द्र
मकवानपुर । अखिल नेपाल औद्योगिक मजदुर संघ मकवानपुरको ८ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः ज्ञानेन्द्र लामिछानेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बेलीकुमारी दोङ र एक्काबहादुर डंगोल, सचिवमा जयराम धिताल, कोषाध्यक्षमा पञ्चबहादुर लामा, सहसचिवमा पुर्णबहादुर घलान र रेशम कोईराला तथा...
हेटौंडाका लामा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने ३६ वर्षीय पेमा लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटालेले जानकारी दिए । उनका अनुसार, जिल्ला अदालत मकवानपुरको मिति २०७७ असोज ६ गतेको फैसलाले...
एमाले मकवानपुरको अध्यक्ष पदमा मेरो उम्मेदवारी कायमै छ – बद्रि लम्साल
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको जनाएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन समितिद्वारा विधि पद्धतिविपरित पार्टीको जिल्ला कमिटी घोषणा गरिएकोमा आपत्ती जनाए । लम्सालले जिल्ला कमिटी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायमै रहेकोले भन्दै भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरे...
पछिल्लो २४ घण्टामा थप ११६७ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ११ सय बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो...
कमल थापाले स्थगित गरे राष्ट्रिय एकता अभियान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय एकता अभियान स्थगित गरेका छन् । कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि उनले २७ पुसबाट गर्न लागिएको अभियान स्थगित गरेको जानकारी दिएका हुन् । ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार...
मामाघर मकवानपुरलाई आर्थिक सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, हटियाका कमल बहादुर विष्टले पितृको स्मृतिमा मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेका छन् । विष्टले पिता नरबहादुर बिष्टको स्मृतिको अवसरमा आइतबार हेटौंडा–११ स्थित मामाघर नेपाललाई ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । विष्टले मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीलाई एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण...










