समाचार
दिव्यताराको २३ औँ वार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २, पल्पसारोडस्थित दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ को सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मा देवी कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । सहकारीकी अध्यक्ष उपाध्यायले दिव्यतारा बहुउद्देश्यीय...
मकवानपुरको बागमतीमा स्काउट फ्रेन्डसीप क्याम्प सुरु
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–१, माझगाउँस्थित सूर्य माविमा तीन दिने स्काउट फ्रेन्डसीप क्याम्प सुरु भएको छ । सूर्य माविको आयोजना तथा बागमती गाउँपालिका वडा नम्वर १ को आर्थिक सहयोग क्याम्प सुरु भएको सूर्य माविका पूर्व प्रधानाध्यापक प्रमोद राईले जानकारी दिए । क्याम्पमा बागमती गाउँपालिकाका तीन विद्यालय र थाहा नगरपालिकाका...
नेल्टा मकवानपुरको अध्यक्षमा पुनः चौलागाई
मकवानपुर । नेपाल इंग्लिस ल्याङ्ग्वेज टिचर्स एशोसिएसन (नेल्टा) मकवानपुरको अध्यक्षमा पुनः संगम चौलागाई सर्वसम्मत चयन भएका छन् । नेल्टाको ११ औं जिल्ला अधिवेशनले चौलागाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नेल्टा मकवानपुरको उपाध्यक्षमा उत्तम अर्याल, सचिवमा सञ्जय कुमार बस्नेत, कोषाध्यक्षमा रोशनी पौडेल तथा सहसचिवमा सुरेश रेग्मी...
पतंजली योग जिल्ला समितिमा थापाको नेतृत्व
मकवानपुर । पतंजली योग जिल्ला कार्यसमितिको अध्यक्षमा रामकृष्ण थापा निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारणसभाले थापाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको हो । पतंजली योग जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभाबाट शशिकला थापाको...
माघ पहिलो सातादेखि ‘बुस्टर डोज’ लगाइने
काठमाडौँ । अग्रपंक्तिमा काम गर्दै आएका र ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकलाई आगामी माघ पहिलो सातादेखि कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव डा. रोशन पोखरेलले माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप दिन लागिएको बताए । यस्तै माघको...
हिमपातमा परेर २१ जनाको ज्यान गयो
काठमाडौं । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा परेर ज्यान गएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पाकिस्तानको राजधानी...
संचारमन्त्री कार्की आइसोलसनमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । सत्ता गठबन्धनका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संचारमन्त्री कार्की आइसोलेसनमा बसेका हुन् । शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो
काठमाडौं । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या एक लाख ५० हजार ५७ पुगेको हो । बेलायतमा...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल प्रदेश नं. १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली...
नाइजेरियामा २०० जनाको हत्या
काठमाडौं । बन्दुकधारीहरूले नाइजेरियामा अन्दाजी दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक...










