हिमपातमा परेर २१ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७८ पुष २५,आईतवार ०८:५६
file photo

काठमाडौं । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक जना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा परेर ज्यान गएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको हो । त्यहाँ हरेक वर्ष हिउँदयाममा पर्यटकहरु हिमपातको मजा लिन जाने गर्दछन् । शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भयो । पर्यटकहरु बीचबाटोमै अलपत्र परे । कतिपय सवारी साधन हिउँमै पुरिएका छन् । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको छ ।