समाचार

नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग...

बाघको छालासहित चार जना पक्राउ

दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका–१ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका–२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका–३ टिकुलीगढबाट बाघको छालासहित उनीहरुलाई नियन्त्रणमा...

आजबाट तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ...

एन्फाको निर्वाचन जेठ १५ मा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन २०७९ जेठ १५ गते हुने भएको छ । एन्फाको १५ औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । यस्तै, बैठकले आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । त्यसका लागि आगामी माघ...

मकवानपुरका आठ सय जनालाई न्यानो कपडा वितरण

मकवानपुर । जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाका ८ सय जनालाई न्यानो कपडा वितरण गरेका छन् । प्रजिअ पाण्डेले राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरेका हुन् ।...

एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज शनिबार निर्वाचन हुँदैछ । शुक्रबारबाट हेटौंडामा जारी अधिवेशन अन्तगत जिल्ला अध्यक्षको आकांक्षीको रुपमा एकलाल श्रेष्ठ र बद्री लम्सालबीच प्रतिस्प्रधा हुँदैछ । शुक्रबार राती २ बजे उम्मेदवारहरुको प्रारम्भिक मतदाता नामावली प्रकाशन भएपछि दुबै जनाले चुनावमा बलियो दाबेदारी...

चितवनमा प्रदेश स्तरीय फोटो पत्रकारिता तालिम सुरु

चितवन । राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले फोटो पत्रकारिताले विगतका राजनीतिक उपलब्धीहरुलाई ताजा...

हेटौंडामा शुक्रबार ५४ युनिट रगत संकलन

मकवानपुर । हेटौंडामा शुक्रबार दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ५४ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका अनुसार, हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना भएको कार्यक्रममा २९ युनिट र हेटौंडा–९ स्थित दुगड गु्रपको आयोजनामा भएको कार्यक्रममा २५ युनिट रगत...

हेटौंडामा एकीकृत प्रगतिशील इन्जिनियर समूहको चुनावी सभा हुँदै

मकवानपुर । हेटौंडामा एकीकृत प्रगतिशील इन्जिनियर समूहको केन्द्र र बागमती प्रदेशको चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रम यही पुस २५ गते सामाजिक विकास मन्त्रालयको सभाहलमा हुने भएको हो । एकीकृत प्रगतिशील इन्जिनियर समूह निर्वाचन परिचालन समितिको आयोजनामा हुने उक्त कार्यक्रम आइतबार बिहान साढे ११...

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसके : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा...