समाचार
२६ एसएसपीको सरुवा, को कहाँ पुगे ?
काठमाडौं । सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने चक्रबहादुर सिंहलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन...
आज १६ जिल्लामा एमाले अधिवेशन नहुने
काठमाडौं । नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । प्रदेश २ का ७ सहित १६ वटा जिल्लामा आज एमाले अधिवेशन नहुने भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, प्रदेश २ का सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला...
कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४...
राप्रपाबाट अलग हुन सक्छु : कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफु राप्रपाबाट अलग पनि हुनसक्ने धारणा सार्वजनिक गरेका छन् । थापाले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफु कुनैदिन राप्रपाबाट अलग हुनसक्ने तर, राप्रपा नफुटाउने बताएका हुन् । उनले लेखेका छन् ‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा...
हेटौंडाका महिला जनप्रतिनिधिलाई पाँच दिने तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा निर्वाचित महिला जनप्रतिनिधिहरुरका लागि नेतृत्व विकास सम्वन्धी तालिम दिइएको छ । उपमहानगरपालिकामा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुका लागि पाँच दिने तालिम दिइएको हो । तालिममा हेटौंडाका १९ वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक सोनालाल चौधरी लगायतकाले सहजीकरण गरेका थिए । कार्यक्रममा...
हेटौंंडा–४ मा कांग्रेसको टोल समिति गठन
मकवानपुर । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ गर्दोहीमा टोल समिति गठन गरेको छ । टोलीवासीहरुको भेलाले सर्मिला दवाडी सिलवालको अध्यक्षतामा १७ सदस्यीय टोल समिती गठन गरेको हो । यस्तै, समितिको उपसभापतिमा इन्द्रबहादुर लोप्चन, सचिवमा सन्दीप कोईराला, कोषाध्यक्षमा मालती श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अनिता...
एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले मकवानपुरको प्रचार विभाग नविन सिग्देलका अनुसार, आज र भोलि संचालन हुने उक्त अधिवेशनको विहान साढे ११ बजे उद्घाटन कार्यक्रम रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा हुने उक्त अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय...
धरौटीमा छुटे गोरेका भाई
विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका पक्राउ परेका रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । उनी सुन तस्करी प्रकरणका मुख्य...
अवैध गाँजासहित मकवानपुरका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनलाई पक्राउ गरेको छ । बिहिबार जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषध गाँजा ४५ किलोसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय भक्तबहादुर...
थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा ४७८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २०९ परीक्षणमा ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या...










