समाचार
मुस्कान खातुनलाई सरकारले ३ लाख दिने
काठमाडौं । सरकारले एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुस्कानलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले गृहमन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र...
आज नेप्सेमा ४३ अंकको बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्समा पुनः हरियाली छाएको छ । निरन्तर उकालोतर्फ लागेको नेप्सेमा अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्से बिहिबार फेरी बढेको हो । आज नेप्से ४३ दशमलव २९ अंक अर्थात् १ दशमलव ६३ प्रतिशतले बृद्धि हुन पुगेको छ । शेयर बजारमा हरियाली छाएपनि...
कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न उजुरी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य...
मोटरसाइकलको टयांकीमा ३८ लाख लुकाउने युवक पक्राउ
जनकपुरधाम । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका छन् । उनलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको हो । धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा यादव चढेको प्रदेश...
एमाले मकवानपुरका अध्यक्षमा लम्साल र श्रेष्ठ भिड्दै
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षका लागि दुई जनाबीच प्रतिस्प्रधा हुने भएको छ । यही पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठबीच प्रतिस्प्रधा हुने भएको हो । एमाले विभाजन भएपछि तत्कालीन अध्यक्ष मुनु सिग्देल नेकपा एकीकृत...
प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट रोकिएपछि भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस...
फोनिज बागमतीको अध्यक्षमा युवराज श्रेष्ठ
मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुधबार र बिहीबार हेटौंडामा भएको फोनिज बागमतीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा रामेछापका श्रेष्ठ सर्वसम्मत चयन भएको हो । यस्तै, उपाध्यक्षमा राजेश रुम्बा (चितवन), उपाध्यक्ष (महिलातर्फ) डोल्मा शेर्पा (काठमाडौं), महासचिवमा श्याम राना (काठमाडौं),...
हेटौंडाका अर्याल पोखराबाट पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ का आशिष अर्याल पक्राउ परेका छन् । अर्याललाई अवैध लागूऔषधसहित पोखराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले अर्यालको साथबाट डाईजापाम–६५, फेनारगन– ६८ र नुर्फिन –७३ एम्पुल बरामद गरेको छ...
थाहानगरपालिकाको सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी शक्षिक सत्रदेखि लागू गर्ने भएको हो । नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको नगर प्रमुख लवशेर...
कैलाश गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन
मकवानपुर । मकवानपुरको बिकट कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । कैलाश गाउँपालिका वडा नम्वर ३ कालिकाटारस्थित २६ कोठे नवनिर्मित प्रशासकीय भवनको बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै प्रमुख खुलालले भवन अभावमा विभिन्न समस्या खेप्दै आएको...










