कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न उजुरी

तु खबर संवाददाता
२०७८ पुष २२,बिहीबार १६:२९
file-photo

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको हो ।

सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै पद खारेजीको माग गर्दै उजुरी दिएका हुन् । कांग्रेसको विधान अनुसार, केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख गरिएको तर, चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न नपाउने यादवको दाबी छ । चौधरी मधेशी खुला कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।