प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

तु खबर संवाददाता
२०७८ पुष २२,बिहीबार १५:१५
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट रोकिएपछि भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो ।

जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो । प्रधानमन्त्री निकट स्रोतका अनुसार, सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ । गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।