समाचार
हिउँ खेल्न गएका युवक एक सातापछि मृत फेला
काठमाडौं । काठमाडौंको चन्दागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा बेपत्ता भएका थिए । ऋषिदेव मोरङको रंगेली नगरपालिका–९ का स्थानीय हुन् । चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ...
आज एकैदिन ९६८ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन...
सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरी प्रहरीले जनाएको छ । कोसी लोकमार्गअन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को...
मकवानपुरमा शुक्रबार १३ जना कोरोना संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने सबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा...
बाल पुनर्स्थापन केन्द्रलाई तरुण दल मकवानपुरको सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित मयुरधापमा रहेको अनाङ अपाङ्ग पुनर्स्थापन केन्द्रमा आश्रित बालबालिकाहरुको लागि नेपाल तरुण दल मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले चामल, दाल, तेल, नुन, आलु, प्याजलगायतका खाद्यान्न सामाग्री सहयोग गरेको...
नयाँ पाइलाद्वारा हेटौंडामा निःशुल्क दन्त शिविर तथा सुगर-प्रेसर जाँच
मकवानपुर । हेटौंडामा शुक्रबार भएको निःशुल्क दन्त शिविर तथा सुगर-प्रेसर जाँच कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका छन् । समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको उक्त कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका हुन् । जसमा ८२ जनाले दन्त सम्बन्धी र १ सय ५२...
मकवानपुरमा अवैध उत्खनन् गर्ने १२ वटा सवारीसाधन नियन्त्रण
मकवानपुर । मकवानपुर प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १२ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहिबार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको हो । बिहिबार जिल्लाका मनहरी खोलामा बालुवा लोड गर्दै गरेको अवस्था २ वटा ट्याक्टर, हेटौंडा...
लिभिङ टुगेदरमा बस्ने युवक–युवती मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको कपमा लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत अवस्थामा फेला परेका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा फेला परेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुमा कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको...
आजको मौसम : हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभरी आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक/दुई स्थानहरूमा हल्का वर्षा र हिमपात भएको छ । शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही...
ट्र्याक्टरको ठक्करबाट भट्टराईको मृत्यु
कैलाली । कैलालीमा ट्र्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति गोदावरी नगरपालिका–९ धनचौरीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ट्र्याक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ४० वर्षीय करन भट्टराई रहेका छन् । धनगढी उपमहानगरपालिका–६...








