समाचार

सहकारी विकासको लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भुमिका खेल्ने बताएकी छन् । शनिबार हेटौंडा उपमहानगरपालिका–१३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले प्रदेश सरकारले सहकारीको विकासको लागि महत्वपूर्ण...

मकवानपुर प्रहरीद्वारा ६० किलो गाँजा बरामद

मकवानपु । मकवानपुर प्रहरीले लागूऔषध गाँजा ६० किलो बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले शनिबार मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट उक्त परिणामको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।...

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् । नेता कोइरालाले भने, “अब कांग्रेस एक्लै...

बाघको आक्रमणबाट एकको मृत्यु

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी मृत्यु भएको छ । उनलाई शनिबार बिहान बाघले आक्रमण गरेको थियो । सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको शव...

राष्ट्रियसभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन उपेन्द्रको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टी सम्बद्ध समितिहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष यादवले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टी नेपालसहितको संयुक्त गठबन्धनका...

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा...

थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९४४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनसार, सो अवधिमा देशभरका २९७ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि व्यक्तिको कोरोना...

राष्ट्रियसभा चुनाव : निर्वाचन अधिकृत जिल्ला न्यायाधीशले थप सुविधा नलिने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमा निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशले निर्वाचन अधिकृतको हैसियतमा कुनै सेवा, सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । निर्वाचन अधिकृत तोकिएका सात वटै प्रदेशका जिल्ला न्यायाधीशले संयुक्त विज्ञप्ति जारी गरी सो कुराको घोषणा गरेको हो । जारी विज्ञप्तिमा भनेका छन्, ‘‘लोकतन्त्रको...

निर्माणाधीन घरमा बालिकाको शव फेला

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवामा एक बालिकाको शव फेला परेको छ । वीरगञ्ज–१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव फेला परेको हो । उक्त शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका...

माघको पहिलो सातादेखि कोरोनाविरुद्धको तेस्रो मात्रा खोप दिइने

काठमाडौं । अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आगामी माघ पहिलो सातादेखि कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप लगाइने भएको छ । माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव डा रोशन पोखरेलले जानकारी दिए । यस्तै, माघको...