थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ पुष २४, शनिबार १६:१४
filr-photo

काठमाडौं । नेपालमा थप ९४४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनसार, सो अवधिमा देशभरका २९७ जना संक्रमणमुक्त भएका छन् भने कुनै पनि व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३१ हजार ७४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ८९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १८ हजार ६ जना निको हुँदा कुल ११ हजार ६०२ जनाको मृत्यु भएको छ । हाल देशभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।