समाचार
मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन १७ जना थपिए
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । जिल्लामा आइतबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुनेमा...
नोबेल मेडिकल कलेजमा तोडफोड
विराटनगर । नोबेल मेडिकल कलेजमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले तोडफोड गरेका छन् । कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका हुन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका...
बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाबाट ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर बिष्टलाई पक्राउ गरेको भोजपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, षडानन्द गाउँपालिकाको केउरेनी पानीस्थित पीडितको घरमा गएर विष्टले बलात्कार गरेको आरोप छ ।...
७३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्सेमा हरियाली छाएको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव...
बागमती प्रदेश दंगा प्रहरी गण हेटौंडाका एसपी राईको सरुवा
मकवानपुर । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा कार्यरत एसपी चन्द्रदेव राईसहित ३४ जनाको सरुवा गरेका हुन् । राईको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाडौंमा सरुवा भएको हो । राईको सरुवा...
एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित
नुवाकोट । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । यस्तै, उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचित...
भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमण
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभँइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सो अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ...
राष्ट्रिय फोटो पत्रकार बागमती प्रदेशको अध्यक्षमा सिलवाल
मकवानपुर । राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ। शनिबार चितवनको सौराहामा भएको अधिवेशनले अध्यक्षमा नारायण सिलवाल निर्विरोध निर्वाचित गरेको छ । समूहको उपाध्यक्षमा मकवानपुरका कपिल खड्का, सचिवमा नुवाकोटका राजेन्द्र गजुरेल, कोषाध्यक्षमा सदिक्षा न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा क्रमशः मनिश दुवाडी (धादिङ),...
एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटी चयन भएको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् ।...
दुर्घटनामा चालकको मृत्यु
दमौली । तनहुँको ब्यास नगरपालिका–१ तालघरेमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान आज बिहान साढे ३ बजे अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका...










