भारतमा एकैदिन डेढ लाखभन्दा बढी कोरोना संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाभँइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । त्यस्तै, सो अवधिमा ४० हजार ८६३ जना संक्रमण मुक्त भएका छन् भने ३२७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, आइतबारसम्म कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ३ हजार ६२३ पुगेको छ । हालसम्म २७ राज्यमा यो भेरियन्ट फैलिइसकेको छ । महाराष्ट्रमा ओमिक्रोनका संक्रमित सबैभन्दा धेरै छन् । त्यहाँ यो भेरियन्तका संक्रमितको संख्या १ हजार ९ पुगेको छ । दोस्रो स्थानमा रहेको दिल्लीमा ५१३ जनामा हालसम्म ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । हाल भारतमा संक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार ६११ रहेको छ ।