बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाबाट ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर बिष्टलाई पक्राउ गरेको भोजपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, षडानन्द गाउँपालिकाको केउरेनी पानीस्थित पीडितको घरमा गएर विष्टले बलात्कार गरेको आरोप छ । पुस २२ मा बलात्कार गरेको सुराक पाएपछि आरोपीलाई पुस २३ मा पक्राउ गरिएको हो । अदालतबाट म्याद लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ ।
