७३ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ पुष २५,आईतवार १५:४६
file-photo

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्सेमा हरियाली छाएको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ ।

आज कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ । नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समुहमा आज बृद्धि भएको छ । आज अपि पावर कम्पनीको  २९ करोड माथिको कारोबार भएको छ भने नेपाल हाइड्रो डेभलोपर्स र हिमालयन उर्जा विकास कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।