बागमती प्रदेश दंगा प्रहरी गण हेटौंडाका एसपी राईको सरुवा

तु खबर संवाददाता
२०७८ पुष २५,आईतवार १५:१७

मकवानपुर । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडामा कार्यरत एसपी चन्द्रदेव राईसहित ३४ जनाको सरुवा गरेका हुन् ।

राईको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार काठमाडौंमा सरुवा भएको हो । राईको सरुवा भएसँगै प्रदेश दंगा नियन्त्रण प्रहरी गढा हेटौंडामा बिमल राज कंगेल आउने भएका छन् । कंगेल यसअघि प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल, काठमाडौंमा थिए ।

हेर्नुहोस् सूची ।