समाचार
फेरी स्थगित भयो प्रतिनिधिसभाको बैठक
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी माघ ३ गतेसम्मका लागि स्थगित भएको छ । यही पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी सो कुराबारे...
बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्रेष्ठ नियुक्त
मकवानपुर । बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा श्याम नारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई सोमबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्वर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्यन्यायाधिवक्तामा सिफारिसमा गरेका हुन्...
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर बढेपछि आगामी माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने शिक्षा मनत्रालयले निर्णय गरेको छ । सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले सीसीएमसीको सिफारिस अनुसार विद्यालयहरु बन्द गर्ने तयारी निर्णय गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार आगामी माघ १५...
पुस २७ गते सार्वजनिक विदा
नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सनर्वाजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आइतबार एक विज्ञप्ति जारी गरी पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका...
दुर्घटनामा गौतमसहित दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मिनभवनमा बागमती प्रदेश ०२–०३१ प ७५६२ नम्वरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको...
विपन्न सहकारीको अध्यक्षमा सुमन
मकवानपुर । हेटौंडामा रहेको विपन्न सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडा–११ सिमलटारस्थित रहेको उक्त सहकारीको आइतबार सम्पन्न भएको साधारणभाले कमलचन्द्र भुर्तेल (सुमन) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै, सहकारीको उपाध्यक्षमा सिताराम श्रेष्ठ, सचिवमा पेमा दोर्जे घिसिङ, सह–सचिवमा आशा दर्लामी...
एमाले बाराको जिल्ला अधिवेशन पुस २८ र २९ गते
बारा । नेकपा एमाले बाराको १० औं जिल्ला अधिवेशन यही पुस २८ र २९ गते हुने भएको छ । जिल्ला मुल ब्याबस्थापन कमिटी बाराको बैठकले एमाले जिल्ला अधिवेशन पुस २८ र २९ गते कलैयामा गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशनमा विभिन्न इकाइ क्षेत्र र आयोजक गरि ८ सय...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका...
बागमतीमा फ्रेन्डसीप क्याम्प सम्पन्न
मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका १ स्थित सूर्य माध्यमिक विद्यालयमा तीन दिने फ्रेन्डसीप क्याम्प आइतबार सम्पन्न भएको छ । स्थानीय पालिका स्काउट संरक्षक एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा क्याम्पको समापन भएको हो । क्याम्पमा सूर्य मावि बागमती १, सुनौला मावि थाहा १, जनकल्याण मावि...
न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु
काठमाडौं । न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । आगालागीमा परेर ९ बालबालिकासहित १९ जनाको मृत्यु भएको हो । अन्य ३२ जना घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले बताएका छन् । समाचार एजेन्सी एनबीसी...










