समाचार

कर्णाली प्रदेशसभा बैठक बुधबार बस्ने

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौं अधिवेशन बोलाइएको छ । बैठक पुस २८ गते बुधबार दिनको ३ बजेतिर बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । संविधानको धारा १८३ बमोजिम बैठक बोलाइएको हो । प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम ३ बमोजिम सांसदहरुलाई सोही मितिमा...

काठमाडौँमा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

काठमाडौं । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको...

आजदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

काठमाडौं । कोभिड–१९ संक्रमितको संख्या बढ्र्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । पुस २५ गते बसेको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको...

भीमफेदीको बाराही आधारभूत विद्यालयको भवन उद्घाटन

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–५, दमारस्थित बाराही आधारभूत विद्यालयको ४ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाले विद्यालय भवनको उद्घाटन गरेका हुन् । २०४३ सालमा स्थापित विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले ६८ लाख ८९ हजार रुपैयाँ लागतमा निर्माण गरिदिएको हो । ८...

आज पृथ्वीजयन्ती मनाइँदै

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । प्रत्येक वर्ष पुस २७ गते पृथ्बी जयन्ती मनाउने गरिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०० औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म...

सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा (स्वेटर) वितरण गरिएको छ । हेटौंडा–२, बुद्धचोकस्थित साई कलेक्सनका सञ्चालक एवम् समाजसेवी रविन्द्र घिमिरेले बुबा विश्वनाथ उपाध्याय घिमिरेको स्मृतिमा विद्यालयमा अध्ययनरत सवै विद्यार्थीलाई सोमबार स्वेटर सहयोग गरेका हुन् । विपन्न बालबालिकाका लागि...

उद्योग संघ मकवानपुरको अध्यक्षमा प्याकुरेल

मकवानपुर । उद्योग संघ मकवानपुरको अध्यक्षमा स्वागतराज प्याकुरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न साधारणसभाबाट प्याकुरेल नेतृत्वमा सर्वसम्मत समिति चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा बद्रिनाथ शर्मा, उपाध्यक्षमा श्रीहरि मास्के, महासचिवमा किशोर अर्याल, सचिवमा सुयश राज पराजुली, कोषाध्यक्षमा श्याम ढकाल र सह–कोषाध्यक्षमा बुद्धराज अर्याल चयन भएका हुन् ।...

पाँच विद्यालयलाई पोशाक

मकवानपुर । हेटौंडाका विभिन्न ठाउँका आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक (टीसर्टसहित ट्र्याकसुट) वितरण गरिएको छ । द सन अफ लाइट काठमाडौं नामक संस्थाले विद्यालय पोशाक वितरण गरेको हो । समाजसेवी कमलचन्द्र सुमनको समन्वयमा पोशाक वितरण गरिएको हो । विद्यालय पोशाक वितरण गरिएका विद्यालय हेटौंडा–१९, नेवारपानीस्थित सिर्जनशील बौद्ध अनाथ प्राथमिक...

मनहरीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर २ मा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । रत्नलिङ गुम्बाको आयोजनामा माघ २१ गते शुक्रबार कार्यक्रम आयोजना हुने भएको हो । तामाङ समुदायको महान चाड सोनाम ल्होछारको अवसर पारी आयोजना हुँदै गरेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ...

कांग्रेसको गर्दोई टोल समिति गठन, सभापतिमा सिलवाल

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ ले गर्दोई टोल समिति गठन गरेको छ । बृहत टोलवासीको भेलाले सर्मिला दवाडी सिलवालको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । टोल समितिको उपसभापतिमा इन्द्रबहादुर लोप्चन, सचिवमा सन्देश कोइराला र कोषाध्यक्षमा मालती श्रेष्ठ चुनिएका छन् । त्यस्तै सदस्यहरुमा क्रमश अनिता...