समाचार

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : कोभिड–१९ व्यवस्थापन समिति गठन

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय कोभिड–१९ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री...

शितलहर पिडितलाई सहयोग

मकवानपुर । बाराको कोहल्बी नगरपालिका वडा नम्वर – ४ मा बसोबास गर्दै आएका ६० विपन्न परिवारलाई मंगलवार बैदेशिक सहयोग कोषले कम्वल हस्तान्तरण गरेको छ । कोहल्बी नगरपालिका वडा नम्वर – ४ का वडा अध्यक्ष भेषबहादुर ढकालको प्रमुख आतिथ्यता तथा बैदेशिक सहयोग कोषका प्रतिनिधि गोबिन्द गौलिको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय...

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ । बुधबार सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने...

ट्याक्टरको ठक्करबाट विद्यार्थीको घटनास्थलमै मृत्यु

विराटनगर । मोरङको उर्लाबारीमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बिहान साढे ५ बजे ट्याक्टरले ठक्कर दिँदा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्याक्टरको ठक्करबाट उर्लाबारी ७...

काठमाडौं उपत्यकामा आजबाट स्मार्ट लकडाउन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट...

एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी

सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । उनले ३६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी डण्डीप्रसाद शर्माले २६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा बिसीकै प्यानलका कुलमणि देवकोटाले ३९४ मत ल्याएर विजयी भएका छन् । यसैगरी, सचिवमा कविन्द्र केसीले ३९० मत प्राप्त गरेर विजयी...

मकवानपुरको लोपोन्मुख वनकरियालाई ४ दिने तालिम

मकवानपुर । मकवानपुरको मनहरीमा आयोजित लोपोन्मुख आदिवासी वनकरिया जातिका किशोरीहरुलाई नेतृत्व विकास तथा वकालतसम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना तथा क्यानडा सरकारको सहयोग आयोजित उक्त तालिम मंगलबार सम्पन्न भएको हो । मनहरी गाउँपालिका–४ हाँडिखोलास्थित वनकरिया टोलमा आयोजित ४ दिने तालिममा...

माघी पर्वमा तीन दिन सार्वजनिक विदा

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले जानकारी दिए । ‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उनले...

मकवानपुरमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो

मकवानपुर । मकवानपुरमा मंगलबार ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विन्दा गिरीले एक कार्यक्रमकाबीच राप्रपा मकवानपुरको कार्यालयमा रहेको पृथ्वीनारायण शाहको तस्वीरमा माल्यापर्ण गरेकी छिन् । त्यस्तै मकवानपुरका १० वटै स्थानीय तहमा आज विविध कार्यक्रमको आयोजना गरी पृथ्वी...

थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...