समाचार
बागमती प्रदेश सरकारद्वारा साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । कात्तिक ११ गते मुख्यमन्त्री बेनका राजेन्द्रप्रसाद पाण्डेले बुधबार राति ५७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानूनी...
एमाले कञ्चनपुर अध्यक्षमा विष्ट निर्वाचित
कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित भएका छन् । एमाले कञ्चनपुरको आठौँ जिल्ला अधिवेशनअन्तरगत बुधबार साँझ आएको मतपरिणामअनुसार अध्यक्ष पदमा भीमदत्त नगरपालिकाका नगरप्रमुखसमेत रहेका विष्टले २८१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी वीरबहादुर थापा (पातल) ले १८३ मत प्राप्त गरेका छन् । त्यसैगरी,...
नवोदयमा ३ दिने कथा लेखन कार्यशाला सुरु
मकवानपुर । विद्यार्थीको लेखन क्षमता बृद्धि विस्तार गर्ने उद्देश्यका साथ हेटौंडा–४ स्थित नवोदय शिशु सदन सेकेण्डरी स्कुलले ३ दिने कथा लेखन कार्यशाला सुरु गरेको छ । काठमाडौं पब्लिकेशनसँगको समन्वयमा विद्यालयले कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यशाला सुरु गरेको हो । विद्यालयका निर्देशक दिपेश जोशीको सभाध्यक्षता...
ऋषि केबीको अभिमन्यु नयाँ भूमिकामा कविता संग्रह विमोचन
मकवानपुर । जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश डिल्लिरत्न श्रेष्ठले साहित्यकार ऋषि के.बीद्वारा लिखित अभिमन्यु नयाँ भूमिकामा नामक कविता संग्रह विमोचन गरेका छन् । बुधबार हेटौंडामा मु्ख्य न्यायाधीश श्रेष्ठले अधिवक्तासमेत रहेका के.बीको कविता संग्रह विमोचन गरेका हुन् । मुख्य न्यायाधीश श्रेष्ठले के.बीको लेखनयात्राको निरन्तरताको कामना गर्दै भने ‘ऋषि जी पत्रकारिता,...
शिक्षकलाई ल्यापटप हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, हटियास्थित जनप्रिय मावि प्राविधिक शिक्षालयका शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । संघीय सरकार अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट नमूना विद्यालय कार्यक्रमअन्तर्गत प्राप्त भएको ल्यापटप बुधबार बिहान एक कार्यक्रमबीच विद्यालयका पूर्णकालिन ३१ जना शिक्षकलाई हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिका १६...
कांग्रेसको युद्धप्रसाद तथा तेन्जिङपथको संयुक्त टोल समिति गठन
मकपानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ ले कर्राको युद्धपथ र तेन्जिङपथको संयुक्त टोल समिति गठन गरेको छ । बुधबार हेटौंडामा आयोजित बृहत टोल भेलाले बिष्णु विडारीको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको हो । समितिको उपसभापतिमा कल्पना शर्मा, सचिवमा देवकुमारी न्यौपाने, कोषाध्यक्षमा सरिता लामा र सह–सचिवमा रविन्द्र...
अपडेट : लागूऔषधसहित पक्राउ परेकाको नाम सार्वजनिक
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र चरेशसहित पक्राउ गरेको तीन जनाको नाम सार्वजनिक गरेको छ । प्रहरीले बुधबार मनहरी गाउँपालिका वडा नम्वर ८, सिमपानीबाट लागूऔषध चरेश २० किलो ५ सय ग्राम र गाँजा १० किलोसहित पक्राउ गरेको तीन जनाको नाम सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–६...
मकवानपुरमा थपिए ८२ जना कोरोना संक्रमित, एकको मृत्यु
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । जिल्लामा आज (बुधबार) एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १४५ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण...
बुधबार नेप्सेमा ३० अंकको गिरावट
काठमाडौं । लगातार हरियाली छाएको नेपाली शेयर बजारमा आज गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले बृद्धि भएको नेप्से परिसूचक बुधबार ३० अंकले घट्न पुगेर २ हजार ८०३ दशमलव ६२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर...
निर्वाचन आयोगले सर्वदलीय बैठक बोलायो
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले शुक्रबार विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार, स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो । उनले सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने जानकारी...










