अपडेट : लागूऔषधसहित पक्राउ परेकाको नाम सार्वजनिक

तु खबर संवाददाता
२०७८ पुष २८,बुधबार १८:०५

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा र चरेशसहित पक्राउ गरेको तीन जनाको नाम सार्वजनिक गरेको छ । प्रहरीले बुधबार मनहरी गाउँपालिका वडा नम्वर ८, सिमपानीबाट लागूऔषध चरेश २० किलो ५ सय ग्राम र गाँजा १० किलोसहित पक्राउ गरेको तीन जनाको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तबहादुर थिङ, २७ वर्षीय ललितबहादुर थिङ र चितवनको राप्ती नगरपालिका–११, भण्डराका २८ वर्षीय रामबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जनाएको छ ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको विशेष टोली र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु ३ च ९७४ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।