शितलहर पिडितलाई सहयोग

तु खबर संवाददाता
२०७८ पुष २८, बुधबार ०९:१२

मकवानपुर । बाराको कोहल्बी नगरपालिका वडा नम्वर – ४ मा बसोबास गर्दै आएका ६० विपन्न परिवारलाई मंगलवार बैदेशिक सहयोग कोषले कम्वल हस्तान्तरण गरेको छ । कोहल्बी नगरपालिका वडा नम्वर – ४ का वडा अध्यक्ष भेषबहादुर ढकालको प्रमुख आतिथ्यता तथा बैदेशिक सहयोग कोषका प्रतिनिधि गोबिन्द गौलिको सभाध्यक्षतामा भएको कार्यक्रममा स्थानिय समाजसेवी बोधराज सुवेदी, सुरेन्द्र उप्रेती, तपेश्वर राय र जगदिश चौधरीको उपस्थिती रहेको थियो ।

कम्बल हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष ढकालले बैदेशिक रोजगारमा रहेका युवाहरुले आफ्नो गाउँ समाजमा सहयोग गरेकोमा खुशी व्यक्त गरे । कोहल्बी नगरपालिकामा घर भर्इ बैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा रहेका युवा हरुलाई संगठित गरी आफनो गाउँमा विभिन्न सहयोग गर्दै सभ्य समाज निर्माण गर्न र गाउँघरमा रहेका विपन्न गरिव तथा जेहेन्दारलाई सहयोग गर्न कोषको स्थापना गरिएको कोषका प्रमुख अभियन्ता राजेन्द्र सुवेदीले बताए । बैदेशिक सहयोग कोषले विभिन्न सहयोग गर्दै आईरहेको र आगामी दिनमासमेत सहयोग जारी रहने दिपेन्द्र सुवेदीले बताए । तराईमा शितलहरको कारण जनजिवन कष्टकर बन्दै गएको छ ।