समाचार

हेटौंडा–११ मा झ्याङच्युप छ्योइखोर लिङ गुम्बाको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ सिमलटारस्थित झ्याङच्युप छयोइखोर लिङ गुम्बाको शिलान्यास गरिएको छ । उक्त गुम्बाको मंगलबार एक कार्यक्रमबीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्रि  दिपेन्द्र श्रेष्ठले शिलान्यास गरेका हुन् । उक्त गुम्बा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयद्वारा विनियोजित २९ लाख रुपैयाँ बजेटमा निर्माण गरिने भएको छ ।...

बागमती प्रदेश : रेडियोको नविकरण शुल्कमा छुट दिने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा संचालन रहेको एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नविकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए । उनका अनुसार, प्रदेश सरकारले रोयल्टीमा समेत ५० प्रतिशत...

आज नेप्से ४९ अंकले बृद्धि, ६ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार पनि नेपाली शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज ४९ दशमलव १९ अंकले बृद्धि भएर २ हजार ८३४ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्से १.७७ प्रतिशतले नेप्से परिसूचक बृद्धि हुँदा ६ अर्ब ७२ करोड...

मकवानपुरमा एकैदिन थपिए ५८ जना संक्रमित, सबैभन्दा धेरै हेटौंडाका

मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ । जिल्लामा आज (मंगलबार) एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ९८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण...

पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण...

एमालेको प्रदेश अधिवेशन सर्याे

काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । आगामी माघ ८ गतेका समयतालिका तोकिएको सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ...

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’,...

१८३ किलो गाँजासहित मकवानपुरका सिंतान पक्राउ

मकवानपुर । प्रहरीले तरकारीको क्रेटमा लुकाईछिपाई ल्याएको अवस्थामा १८३ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्वर – २ बस्ने ३० बर्षीय रामचन्द्र सिंतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक राजकुमार सापकोटाले जानकारी दिए । सोमबार राति पालुङबाट तरकारीको क्रेट बोकेर...

आज देशभर मौसम बदली रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले हाल प्रदेश १ र २ लगायत क्षेत्रमा बदली भइरहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। ती प्रदेशका उच्च पहाडी...

विद्यार्थीलाई आजदेखि माघ १० सम्म फाइजर खोप

काठमाडौं । काठमाडौंमा आजदेखि किशोर–किशोरीलाई फाइजर खोप लगाइँदै छ । जिल्लास्तरीय खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार काठमाडौंमा आजबाट १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन लागिएको हो । भक्तपुरका किशोर–किशोरीलाई आइतबारदेखि नै फाइजर खोप दिन थालिए पनि ललितपुर र काठमाडौंमा मंगलबारदेखि खोप दिन...