समाचार
कालीदेवी दूग्घ उत्पादक सहकारीको २६ औँ वार्षिक साधारणसभा
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर –४ स्थित कालीदेवी दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि हुमागाईँले सहकारी संस्थाले किसानको हितलाई मध्येनजर गर्दै विभिन्न योजना तर्जूमा गरी त्यसको प्रभावकारी...
नेता बानियाँद्वारा राक्सिराङका ७०० घरपरिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । सोमबार एक कार्यक्रमबीच स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सिराङ गाउँपालिका–४ रतुवाका ४ सय ७५ घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो । कांग्रेस राक्सिराङ–४ का...
थप १४४६ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप १ हजार ४ सय ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको । यस्तै,...
भिडभाड हुने कुनै पनि गतिविधि नगर्न प्रशासनको आग्रह
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भिडभाड हुने गतिविधिहरु नगर्न आग्रह गरेको छ । प्रशासनले जिल्लाभित्र कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको नियन्त्रण तथा न्यूनीकरणका लागि भिडभाड हुनेखालको कुनै पनि गतिविधि नगर्न जिल्लावासीलाई आग्रह गरेको हो । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक सूचना जारी...
कांग्रेस क्षेत्रीय सभा १ (ख) मकवानपुरको पहिलो बैठक सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस क्षेत्रीय सभा १ (ख) मकवानपुरको पहिलो बैठक हेटौंडामा बसेको छ । बैठक क्षेत्रीय सभापति राजेश बानियाँको अध्यक्षतामा बसेको हो । सो बैठकले हेटौंडामा समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले गीता कुमारी न्यौपानेलार्इ कोषाध्यक्ष पदमा मनोनयन गर्ने निर्णयसमेत गरेको छ । कांग्रेसको...
अवैध लागूऔषधसहित हेटौंडाबाट ६ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मास्टरचोकबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । पक्राउ पर्नेहरुमा सुनसरी घर भई हाल हेटौंड–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी...
नेकपा एमाले चितवनको अधिवेशन स्थगित
चितवन । नेकपा एमाले चितवन जिल्ला समितिको अधिवेशन अनिश्चितालका लागि स्थगित गरिएको छ । गत पुस २३ गते शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले सोमबार जारी गरेको विज्ञप्तिमा अर्को सूचना नभएसम्मका लागि अधिवेशन...
सोमबार १९ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १९ अंकले बढेको छ । आज नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब...
पूर्वराजा ज्ञानेन्द्र मंगलबार सिंहदरबार जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन् । उनी पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका हुन् । उनी सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए । उनी मध्यान्ह साढे...
पुस २७ देखि विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले भोलि अर्थात पुस २७ गतेदेखि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले भोलिदेखि नै विद्यालयहरु बन्द गर्ने भएको हो । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ...










